नक्कली नोट बरामदको श्रृङ्खला, कारोबारीको ‘ट्रान्जिट’ बन्यो नेपाल « Khabarhub

नक्कली नोट बरामदको श्रृङ्खला, कारोबारीको ‘ट्रान्जिट’ बन्यो नेपाल



प्रहरीले भारतीय जाली नोटको कारोबारमा संलग्नहरूलाई पटक–पटक पक्राउ गर्दै आएको छ । तर,पनि कारोबारीहरु निमिट्यान्न हुनु भने सकेका छैनन् । प्रहरीले जति सक्रियता बढाउँछ उत्ति फरक शैलीमा उत्रन्छन् कारोबारी ।

करिव २० वर्ष अघि पहिलो पटक आसामबाट जाली नोट छाप्ने मेसिनसहित केही कारोवारी पक्राउ परेका थिए । त्यसयता नेपालमा पटक–पटक भारतीय नक्कली नोटसहित कारोवाहीहरु पक्राउ परिसकेका छन् ।

शुक्रबार मात्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ८ करोड भारतीय नक्कली नोटसहित ६ जनालाई पक्राउ गर्‍यो । प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार, पक्राउ पर्नेमा युनुस अन्सारीसहित ३ नेपाली र ३ जना पाकिस्तानी नागरिक रहेका छन् । नेपाली भूमीमा पटक–पटक भारतीय जाली नोट बरामद् भएका घटनाहरु सार्वजनिक भएका छन् ।

जाली नोटसहित पक्राउका मुख्य घटना

 २०६६ चैत, काठमाडौंको न्यूरोडबाट ९ लाख ९८ हजार भारतिय जाली नोट बरामद्
 २०६७ फागुन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ लाख ९५ हजार भारतिय जाली नोट बरामद्
 २०६७ असोज, ४० लाख भारतीय जाली नोट सहित थाईल्याण्डबाट नेपाल भित्रिएका एकजना पक्राउ
 २०६८ कात्तिक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ लाख ९० हजार भारतीय जाली नोट बरामद्
 २०६८ पुस, कलंकिबाट १ करोड २२ लाख भारतिय जाली नोट बरामद्
 २०६८ चैत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९८ लाख ८ हजार भारतिय जाली नोट बरामद्
 २०६९ साउन, न्यूरोडबाट २९ लाख ५० हजार भारतिय जाली नोट सहित तीन जना विदेशी पक्राउ
 २०७० बैशाख, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ करोड भारतिय जाली नोट सहित दुई जना पाकिस्तानी पक्राउ
 २०७३ जेठ ५ गते, काठमाडौंको विभिन्न स्थानबाट २८ लाख ८८ हजार भारतिय जाली नोट सहित ७ जना पक्राउ
 २०७३ जेठ ८ गते, ३६ लाख भारतिय जाली नोट सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पाकिस्तानी नागरिक पक्राउ
 २०७४ चैत, ८३ हजार भारतिय जाली नोट सहित कञ्चनपुरको महेन्द्रनगरबाट एकजना पक्राउ
 २०७५ मंसिर, झापाको दमकबाट ९६ हजार भारतिय नक्कली नोट सहित एकजना पक्राउ
 २०७६ जेठ १० गते, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित ३ पाकिस्तानी र तीन नेपाली गरी ६ जना पक्राउ ।

यसरी पटक–पटक बरामद् भएका जाली नोटको घटना हेर्दा नेपालमा यसको कारोवार भइरहेको कुरा पुष्टि हुन्छ । पूर्वएआइजी देवेन्द्र सुवेदी पनि नेपाली भूमिबाट भारतीय जाली नोटको कारोवार हुने कुरा स्वीकार्छन् । उनका अनुसार, नेपाल भित्रने जाली नोटहरु प्राय हवाईमार्गको बाटो भएर काठमाडौं आउँछन् । काठमाडौंबाट स्थलमार्ग हुँदै भारतीय बजारसम्म पुग्छन् । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार, नेपालमा प्रायः चारवटा बाटो भएर जाली नोट भित्रिने गरेको छ ।

यी हुन् जाली नोट भित्रने मुख्य पाँच रुट

 पाकिस्तान÷कराँची दोहा – काठमाडौं
 पाकिस्तान – ओमान – काठमाडौं
 बैंङ्कक– काठमाडौं
 सिंगापुर – काठमाडौं

यस बाहेक पनि विभिन्न स्थानबाट जाली नोट नेपाल भित्रने गरेको छ । पूर्वएआइजी सुवेदी भन्छन् – अहिले सम्म बरामद् भएका उदाहारण हेर्दा मुख्य गरी पाकिस्तानी नागरिकहरुले कराँची, ओमान, दोहा लगाएत स्थान प्रयोग गरी भारतिय जाली नोट नेपाल भित्र्याउने गरेका छन् । यसमा विभिन्न देशका नागरिकहरुको संलग्नता देखिएको छ ।

नेपाली भूमि ट्रान्जिट प्वाइन्ट ?

अनुसन्धान अनुसार, विभिन्न स्थानबाट काठमाडौं भित्रिएका जाली नोट मध्ये ९० प्रतिशत भारतीय बजारमा पुग्ने र १० प्रतिशत चाहिं नेपाली बजारमानै कारोवार हुने गरेको छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन् – ‘जाली नोटका कारोवारीहरुले विशेष गरी नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्न खोजेका छन् । अधिकांश नक्कली भारु नेपाल, श्रीलंका, बंगलादेश र संयुक्त अरब इमिरेट्स हुँदै भारत भित्रिएको भारतीय सुक्षा एजेन्सीले औपचारिक रुपमै सार्वजनिक गर्ने गरेका छन् । उनीहरुको सूचीमा बंगलादेश र नेपाल मुख्य केन्द्र हो ।

सन् २००९ र १० बाट नेपाललाई ट्रान्जिट बनाएर नक्कली भारु भारत पुर्‍याउने क्रम बढेको हो । नेपाल, बंगलादेश हुँदै भारत लैजाँदै गरिएका बन्डलका बन्डल नक्कली भारु बरामद हुने क्रम बढ्दा भारतीय बैंकमै समेत जाली नोट भेटिएका थिए ।

जाली नोट कारोबारमा अन्तर्राष्ट्रिय सञ्जाल

अहिले सम्मको उदाहारण हेर्दा जाली नोटको कारोवारमा अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता देखिएको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, सिंगापुर, मलेसिया, थाइल्याण्ड, यूएई, पाकिस्तान, नेपाल, भारत, वंगलादेश र श्रीलंकामा यसको कारोवार हुने गरेको छ । केही बर्ष अघि काठमाडौंमा मुस्लिम समुदायका केही व्यक्तिको हत्या समेत भएको थियो । प्रहरी अनुसन्धान अनुसार ती हत्याका घटना पनि जाली नोट सँग जोडिएको थियो । प्रहरीको तथ्याङ्क हेर्ने हो भने ती मध्य अधिकांश घटनामा पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ६ : ४४ बजे

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण