ठेकेदारको लापरबाहीले पुल अलपत्र | Khabarhub Khabarhub

ठेकेदारको लापरबाहीले पुल अलपत्र


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका ४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा ४ बसाहा चिचाई टोल र वडा ५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो ।

सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ रहेको छ । रामजानकी निर्माण सेवा कम्पनीले एक वर्षमा सक्नुपर्ने योजना तीन वर्ष बितिसक्दासमेत काम हुन सकेको छैन । वारिपारि दुईवटा पिल्लर उठाएर ठेकेदार बेपत्ता भएपछि एक वर्षमा सकिनुपर्ने काम नसकिएको हो । अब स्ल्याब मात्र राख्न बाँकी छ ।

तीन वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयबासीले वर्षायाममा बाढीको समयमा वारिपारि आउजाउ गर्न सास्ती खेप्नुपरेको स्थानीय रमेश बिष्टले बताए ।

निर्माण कम्पनीका ठेकेदार शम्भु ठाकुरले केही दिनमा पुनः निर्माणको काम सुरु हुने बताए । ‘आगामी जेठ मसान्तभित्रमा सक्नुपर्ने दबाब छ मलाई, त्यसैले चाँडै काम सुरु हुनेछ’, उनले भने । सो पुल ११ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो ।

त्यसैगरी बसाहा शनिबारेस्थित कालीखोलाको पुलमा स्ल्याब हालिसकिएकनले त्यहाँको पनि काम चाँडै सक्ने ठेकेदार ठाकुरले बताए । दुवै पुल एउटै निर्माण कम्पनीले ठेक्का लिएको हो । निर्माण कम्पनीका इञ्जिनियर सुरेन्द्र सिंहले भने, ‘काम छाडेको छैन । त्यही कामका लागि इक्विपमेन्टहरू पठाउने काम भइरहेको छ । छिट्टै काम थाल्नेछौँ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ५१ बजे

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

धार्मिक पर्यटनको सम्भावना बोकेको ‘जलजला’ ओझेलमा

म्याग्दी– धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत

जेठो बूढो धानमा ‘ब्लाष्ट’ रोग देखिएपछि किसान चिन्तित

पर्वत– धान रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली

राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माणपछि स्थानीय खुसी

बाँके– राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि स्थानीयवासिन्दा खुसी भएका