साउदीमा अलपत्र ६ नेपाली युवा भन्छन् – ‘हाम्रो आवाज कसैले सुनेन’ « Khabarhub

साउदीमा अलपत्र ६ नेपाली युवा भन्छन् – ‘हाम्रो आवाज कसैले सुनेन’


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ नेपाली युवा अलपत्र परेका छन् ।

३३ महिनादेखि साउदीको जेद्धास्थित मोहम्मद एचके ट्रेड कम्पनीमा कार्यरत रामेछापका राजकुमार श्रेष्ठ, र गुणराज तामाङ, सिन्धुपाल्चोकका सुनिल तामाङ र रामकुमार पुरी, नवलपरासीका उमेश महतो तथा अर्का जितेन्द्र केवट अलपत्र परेका हुन् ।

अहिले झन्डै दुई महिनादेखि काम विहीन भएर बसिरहेको अलपत्र परेका मध्ये रामेछापका राजकुमार श्रेष्ठले जानकारी दिए ।

३१ महिनाको करार अवधि सकिए पनि आफूहरूलाई घर नपठाएर कम्पनीले साढे तीन महिनाको तलब रोकिदिएको उनले बताए ।

‘हामी यहाँ अलपत्र परेका छौँ,कम्पनीले अब चाँडै पठाउँछौ मात्र भन्छ’ श्रेष्ठले खबर हबसँग भने , एक हप्ता भयो कम्पनी अर्कै ठाउँ सरेको खबर छ, कोही हेर्न पनि आएको छैन, अब हामी के खाने ?’

आफूहरूलाई पठाउने म्यानपावर कम्पनी त्रिवेणी ओभरसिजलाई उद्धार गर्न पटक-पटक सम्पर्क गरे पनि उसले चासो नदिएको श्रेष्ठले गुनासो गरे ।

जेद्धामा रहेको महावाणिज्य दूतावासमा पनि धेरै पटक आफूहरूको समस्या लिएर गएको तर, हुन्छ, हुन्छ भन्ने जवाफबाहेक केहि नपाएको उनीहरुको भनाई छ । आफूहरूको कुरा कसैले नसुनेको पीडितहरूको गुनासो छ ।

काठमाडौँस्थित श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा समेत आफूहरूको उद्धारको माग गर्दै निवेदन दिएको पनि एक महिना भन्दा बढी भएको उनले बताए ।

श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र दूतावास र धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबनेपछि उनीहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १० : २९ बजे

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार