साउदीमा अलपत्र ६ नेपाली युवा भन्छन् - 'हाम्रो आवाज कसैले सुनेन' | Khabarhub Khabarhub

साउदीमा अलपत्र ६ नेपाली युवा भन्छन् – ‘हाम्रो आवाज कसैले सुनेन’


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ नेपाली युवा अलपत्र परेका छन् ।

३३ महिनादेखि साउदीको जेद्धास्थित मोहम्मद एचके ट्रेड कम्पनीमा कार्यरत रामेछापका राजकुमार श्रेष्ठ, र गुणराज तामाङ, सिन्धुपाल्चोकका सुनिल तामाङ र रामकुमार पुरी, नवलपरासीका उमेश महतो तथा अर्का जितेन्द्र केवट अलपत्र परेका हुन् ।

अहिले झन्डै दुई महिनादेखि काम विहीन भएर बसिरहेको अलपत्र परेका मध्ये रामेछापका राजकुमार श्रेष्ठले जानकारी दिए ।

३१ महिनाको करार अवधि सकिए पनि आफूहरूलाई घर नपठाएर कम्पनीले साढे तीन महिनाको तलब रोकिदिएको उनले बताए ।

‘हामी यहाँ अलपत्र परेका छौँ,कम्पनीले अब चाँडै पठाउँछौ मात्र भन्छ’ श्रेष्ठले खबर हबसँग भने , एक हप्ता भयो कम्पनी अर्कै ठाउँ सरेको खबर छ, कोही हेर्न पनि आएको छैन, अब हामी के खाने ?’

आफूहरूलाई पठाउने म्यानपावर कम्पनी त्रिवेणी ओभरसिजलाई उद्धार गर्न पटक-पटक सम्पर्क गरे पनि उसले चासो नदिएको श्रेष्ठले गुनासो गरे ।

जेद्धामा रहेको महावाणिज्य दूतावासमा पनि धेरै पटक आफूहरूको समस्या लिएर गएको तर, हुन्छ, हुन्छ भन्ने जवाफबाहेक केहि नपाएको उनीहरुको भनाई छ । आफूहरूको कुरा कसैले नसुनेको पीडितहरूको गुनासो छ ।

काठमाडौँस्थित श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागमा समेत आफूहरूको उद्धारको माग गर्दै निवेदन दिएको पनि एक महिना भन्दा बढी भएको उनले बताए ।

श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र दूतावास र धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबनेपछि उनीहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १० : २९ बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

सर्लाही – जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

नवलपरासी – पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने

काठमाडौं – अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः