कतारले कामदारको मृत्युको तथ्यांक लुकायो : आईएलओ « Khabarhub

कतारले कामदारको मृत्युको तथ्यांक लुकायो : आईएलओ



दोहा- कतारले आप्रबासी कामदारको मृत्युको तथ्यांक र यथार्थ लुकाएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले आरोप लगाएको छ ।

कतारले स्वस्थ देखिने कामदारहरूको अस्पष्ट मृत्यु तथा त्यसको पर्याप्त अनुसन्धान र रिपोर्ट सार्वजनिक नगरेको आईएलओले जनाएको छ ।

सन् २०२० मा सरकारद्वारा सञ्चालित ट्रमा सेन्टर र एम्बुलेन्सहरूमा सङ्कलन गरिएको तथ्यांकले ५० कामदारको मृत्यु भएको र ५०० भन्दाबढी गम्भीर तथा ३७ हजार ६०० हल्कादेखि मध्यम घाइते भएको आईएलओले जनाएको छ ।

‘सबैभन्दा धेरै बांग्लादेश, भारत र नेपालका आप्रवासी कामदारहरू, मुख्यतया निर्माण उद्योगमा पीडित थिए। माथि उचाइबाट खस्नु र सडक दुर्घटनाहरू गम्भीर चोटपटकका मुख्य कारण हुन्, त्यसपछि कार्यस्थलहरूमा वस्तुहरू खस्नु पनि दुर्घटनाका प्रमुख कारण हो’, आईएलओले रिपोर्टमा भनेको छ ।

आईएलओले भनेको छ, ‘अधिकारीहरूले स्वस्थ कामदारहरू र गर्मी सम्बन्धी मृत्युहरू बीचको अस्पष्ट मृत्यु सहित सबै काम सम्बन्धित मृत्युलाई वर्गीकृत नगरेकाले संख्या धेरै हुन सक्छ ।’

कामदारको मृत्युको तथ्यांक लुकाइएकोलाई सम्बोधन गरिनु पर्छ, चोटपटकको राम्रो अनुसन्धान गरिनुपर्छ, आईएलओको कतार कार्यालय प्रमुख म्याक्स टुननले भनेका छन् ।

यता कतारको श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यति छोटो समयमा श्रम सुधारमा अन्य कुनै पनि देश आउन सकेको छैन, तर अझै धेरै काम गर्न बाँकी रहेको कुरा हामी स्वीकार गर्छौं।’

उसले आईएलओका सिफारिसहरूको समीक्षा गरिरहेको बताएको छ । कतारले हालैका वर्षहरूमा धेरै श्रम सुधारहरू पेश गरेको छ, जसमा कामदारहरूलाई गर्मीबाट जोगाउन र न्यूनतम ज्याला बढाउने कडा नियमहरू समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : १५ बजे

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी