भारतीय टेलिभिजन च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु नाजायज : ज्ञवाली (भिडियो) « Khabarhub

भारतीय टेलिभिजन च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु नाजायज : ज्ञवाली (भिडियो)


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्र्याएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौँमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानी निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताए । यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई नेपाली च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उक्त च्यानलले नेपालमा अनुमति नलिएको भन्दै बिरोध सुरु भएको छ ।

त्यस्तै ज्ञवालीले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताए । उनले हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन हुने पनि धारणा राखे ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : २१ बजे

सप्तरीबाट करिब ८ सय किलो गाँजासहित एकजना पक्राउ

सप्तरी– छिन्नमस्ता  गाउँपालिका- ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

एजेन्सी– टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार

क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट

एजेन्सी– क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन अक्टोबर महिनामा शून्य दशमलव

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य