मनाङ मर्स्याङ्दी र ब्वाइजको विजयी सुरुआत « Khabarhub

मनाङ मर्स्याङ्दी र ब्वाइजको विजयी सुरुआत


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनाङ मरस्याङदी क्लब र ब्वाइज ब्रिगेडले विजयी सुरुआत गरेका छन् । मनाङले जावलाखेल युथ क्लबलाई र ब्वाइजले एपीएफलाई पराजित गरे ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । दिनेशले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे । जितसँगै मनाङले ३ अंक जोडेको छ ।

त्यसअघि आइतबार नै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लवले एपीएफ एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे । सुरज गुरुङको नाममा एक गोल रह्यो । एपीएफका आशिष लामा र बिकी तामाङले एक–एक गोल फर्काए । जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमबार दुई खेल छन् । पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ४२ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण