रियल मड्रिडको सहज जित « Khabarhub

रियल मड्रिडको सहज जित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानडालाई ४-१ गोल अन्तरले हराएको छ । आइतबार ग्रानडाको मैदानमा भएको खेलमा रियलले १० खेलाडीमा सिमित ग्रानडामाथि सहज जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको २५ औं मिनेटमा नाचोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

लगतै खेलको ३४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै ग्रानडालाई २-१ को स्थितिमा ल्याए पनि ५६ औं मिनेटमा भिनियस जुनियर र ७६ औं मिनेटमा फेर्लाण्ड मेन्डिले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।

खेलको ६७ औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले १३ खेलमा ३० अंक जोडेको छ । ग्रानडा ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र