ए डिभिजन लिग: आर्मी र पुलिस भिड्दा मछिन्द्रलाई एनआरटीको चुनौती « Khabarhub

ए डिभिजन लिग: आर्मी र पुलिस भिड्दा मछिन्द्रलाई एनआरटीको चुनौती


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दा सहिद स्मारक ’ए’ डिभिजन लिगको पहिलो चरणको अन्तिम खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेस गर्दैछ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।

लिगको पहिलो खेलमै विभागीय प्रतिद्वन्दी पाउँदा दुबै टोलीले अंक जोड्न कठिन महसुस गरेका छन् । यद्यपि दुबै टोली सिजनको सुरुआत सुखद् बनाउन चाहन्छन् । साविक उपविजेता समेत रहेको आर्मीले पुलिसलाई कमजोर मान्ने छैन । पुलिस समेत आर्मीलाई सहज मान्दैन ।

नविन न्यौपानेको प्रशिक्षणमा रहेका आर्मी राष्ट्रिय फुटबल टोलीका सदस्य भरत खवासको कप्तानीमा हुनेछ । आर्मीले यस सिजनको लिगमा स्ट्राइकर नवयुग श्रेष्ठलाई गुमाएको छ । लिगको प्रि–सिजनका क्रममा नवयुगले घुँडामो चोट लागेको छ ।

पूर्वखेलाडी अनन्तराज थापाको प्रशिक्षणमा रहेको पुलिस युवा खेलाडी राम वाजीको कप्तानीमा हुनेछ । पुलिसको कप्तानी यसैले गर्ने भनेर पक्का भने छैन । विभागीय टोलीले दर्जाको हिसाबमा प्लेईङ सेटमा खेल्नेलाई कप्तानी दिँदै आएको प्रचलन छ । पुलिसलाई तेज तामाङ, सुमन लामा, अजित प्रजापति, रवि पासवान लगायत खेलाडीको साथ हुनेछ ।

पहिलो चरणको अन्तिम तथा आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एनआरटीले चुनौती पेश गर्नेछ । खेल साझ पौने ५ बजे सुरु हुनेछ ।

साविक विजेतासमेत रहेको मछिन्द्र यस पटक समेत स्टार र ठूला नामका खेलाडीलाई अनुबन्धन गरेर उपाधि दौडमा रहनेछ । प्रवेश कटुवालको प्रशिक्षणमा टोलीले सुखद् सुरुआत गर्ने योजना बनाएको छ । अट्याकर सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्रलाई राष्ट्रिय टोलीका युवा खेलाडीको साथ रहेको छ ।

मछिन्द्रले विमल घर्तीमगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, रेजिन धिमाल, रेजिन सुब्बा, देभेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानलाई मैदान उतार्दै आक्रामक फुटबल खेल्ने योजना बनाएको छ ।

नेपाली फुटबलका इतिहास बनेका राजुकाजी शाक्यको प्रशिक्षणमा रहेको न्युरोड टिम एन आर टी पनि सुरुआती खेलमा तिन अंक ल्याएर लिगमा सुखद् सुरुवात गर्ने योजनमा छ ।

क्लबले मछिन्द्रलाई रोक्दै काउण्टरमा दबाब शृजना गर्न सक्छ । जसका लागि मछिन्द्रले नेपाल सुपर लिग (एनएसएल) मा उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफन सिमरलाई टोलीमा अनुबन्धन गरेको छ । क्लबले दुई खेलाडीबाट धेरै आशा गरेको छ ।

टोलीलाई राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, एरिक विष्टको साथ छ । एन आरटी अजित प्रजापतिको कप्तानीमा मैदान उत्रने छ ।

१४ क्लबको सहभागीता रहेको लिगको पुछारको २ टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ०३ बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग