फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो « Khabarhub

फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दोहा – फिफा विश्वकप २०२२ का लागि कतारले सबै रङ्गशालाको निर्माण सम्पन्न गरेको छ ।

मध्यपूर्व र अरबमा पहिलो विश्वकप हुन ठिक एक वर्ष बाँकी छँदै कतारले सबै आठ प्रतियोगिता स्थलहरूमा निर्माण कार्य पूरा गरेको गल्फ टाइम्सले जनाएको छ ।

६० हजार दर्शक क्षमता भएको अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकप ८० हजार क्षमताको लुसेल स्टेडियममा पुगेर सकिनेछ । १८ डिसेम्बर २०२२  अर्थात कतारको राष्ट्रिय दिवसमा फाइनल खेल हुनेछ ।

कतार २०२२ डट क्युले २१ नोभेम्बर २०२२ मा अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकपमा ८ स्टेडियमहरूलाई नजिकबाट हेर्ने सकिने जनाएको छ।

एक वर्षको काउन्डाउन सुरू

कतार विश्वकप २०२२ को एक वर्षको काउन्डाउन सुरु भएको छ ।  विश्वभरबाट छनौट भएका ३२ देशले सहभागिता जनाउने सो प्रतियोगितामा दर्शकलाई कोभिडविरुद्धको भ्याक्सिन अनिवार्य गर्ने तयारी छ ।

विश्वकपका आयोजकको हैसियतमा कतारले स्थान बनाइसकेको छ भने युरोपेली क्षेत्रबाट १०  र दक्षिण अमेरिकाबाट दुई गरी १३ देश विश्वकपका लागि छनौट भइसकेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र