बुद्धमुर्तिलाई गलतरुपमा चित्रण गरिएको भन्दै लाओसमा बढ्यो चीनविरोधी भावना  « Khabarhub

बुद्धमुर्तिलाई गलतरुपमा चित्रण गरिएको भन्दै लाओसमा बढ्यो चीनविरोधी भावना 


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- लाओसमा चीन विरोधी भावनामा बढेको छ।

चीनको सांघाईस्थित कम्पनी वाङ फेङ सांघाई रियल स्टेटले विशेष आर्थिक क्षेत्रमा एक सय मिटर अग्लो बुद्धको मूर्ति बनाएपछि चीनविरोधी भावनामा वृद्धि भएको हो ।

पाँच बिलियन डलरमा भियनटाइनस्थित मेकोङ नदीको किनारमा उक्त बुद्धमूर्ति राखिएको छ। लाओसका सञ्चारमाध्यमहरुका अनुसार उक्त बुद्धमूर्तीलाई गलतरुपमा चित्रण गरिएको भन्दै आलोचना सुरु भएको हो।

सामाजिक सञ्जालहरुमा कम्पनीले बुद्धिस्टहरुको भावनामा चोट पुर्‍याउने काम गरेको भन्दै आलोचना सुरु भएको हो। महायान परम्पराविरुद्ध हुने गरी बुद्धलाई दुई खुट्टा एकआपसमा जोडेर उक्त मूर्ति बनाइएको जनाइएको छ।

निकै अग्लो उक्त बुद्ध मूर्तिमा सुनको जलप लगाइएको छ। जसलाई लायोटियनको सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गरिएको छ। चीनले लायटियन बुद्धप्रति बढी झुकाव राख्न थालेको भन्दै उक्त मूर्ति स्थापना गरिएको हो ।

त्यसैगरी चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी एक परियोजनामा काम गरिरहेको र सन् २०२० सम्म उक्त नदीलाई निकै कुरूप बनाएको पाइएपछि कम्पनीको चर्को विरोध गरिएको थियो। उक्त कम्पनीलाई फिर्ता जानसमेत दबाब दिइएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ३५ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल