बुद्धमुर्तिलाई गलतरुपमा चित्रण गरिएको भन्दै लाओसमा बढ्यो चीनविरोधी भावना  « Khabarhub

बुद्धमुर्तिलाई गलतरुपमा चित्रण गरिएको भन्दै लाओसमा बढ्यो चीनविरोधी भावना 


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- लाओसमा चीन विरोधी भावनामा बढेको छ।

चीनको सांघाईस्थित कम्पनी वाङ फेङ सांघाई रियल स्टेटले विशेष आर्थिक क्षेत्रमा एक सय मिटर अग्लो बुद्धको मूर्ति बनाएपछि चीनविरोधी भावनामा वृद्धि भएको हो ।

पाँच बिलियन डलरमा भियनटाइनस्थित मेकोङ नदीको किनारमा उक्त बुद्धमूर्ति राखिएको छ। लाओसका सञ्चारमाध्यमहरुका अनुसार उक्त बुद्धमूर्तीलाई गलतरुपमा चित्रण गरिएको भन्दै आलोचना सुरु भएको हो।

सामाजिक सञ्जालहरुमा कम्पनीले बुद्धिस्टहरुको भावनामा चोट पुर्‍याउने काम गरेको भन्दै आलोचना सुरु भएको हो। महायान परम्पराविरुद्ध हुने गरी बुद्धलाई दुई खुट्टा एकआपसमा जोडेर उक्त मूर्ति बनाइएको जनाइएको छ।

निकै अग्लो उक्त बुद्ध मूर्तिमा सुनको जलप लगाइएको छ। जसलाई लायोटियनको सार्वभौमिकताको प्रतीकको रूपमा चित्रण गरिएको छ। चीनले लायटियन बुद्धप्रति बढी झुकाव राख्न थालेको भन्दै उक्त मूर्ति स्थापना गरिएको हो ।

त्यसैगरी चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी एक परियोजनामा काम गरिरहेको र सन् २०२० सम्म उक्त नदीलाई निकै कुरूप बनाएको पाइएपछि कम्पनीको चर्को विरोध गरिएको थियो। उक्त कम्पनीलाई फिर्ता जानसमेत दबाब दिइएको छ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १० : ३५ बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको