भारतीय सीमामा चीनको सैन्य प्रदर्शन « Khabarhub

भारतीय सीमामा चीनको सैन्य प्रदर्शन


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनले भारतसँगको सीमानजिकै अत्याधुनिक हतियार प्रदर्शन र  सैन्य परीक्षण गरेको छ ।

चिनियाँ सेनाले उचाइमा प्रयोग हुने हतियारसहित आईतबार सैन्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका लडाकूले काराकोरम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सैन्य परीक्षण गरेको हो ।

जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मिसाइललगायतका हयितार परीक्षण गरेको हो ।

चीनले आफ्ना सेनालाई उचाइमा हतियारसहित लड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सैन्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झडप भएको दोक्लामनजिक पर्छ ।

भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अतिक्रमण गर्न चीनले सैन्य परीक्षण गरेको मकाउस्थित सैन्य विश्लेषक एन्टोनी वोङ तोङले बताउँछन् ।

‘आगामी दिनमा अझै बढी भूभाग नियन्त्रणमा लिन जनमुक्ति सेनाले भारतसँगको सीमामा निकै उपयोगी तालिम सम्पन्न गरेको छ,’ उनी भन्छन् ।

जनमुक्ति सेनाको नयाँ हतियार प्रणालीले भारतीय सुरक्षा चौकी, सैन्य सामाग्री र अन्य निशानालाई ध्वस्त पार्ने बेइजिङस्थित युयान वाङ मिल्ट्र साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता झोउ चेनमिङ बताउछन् ।

नयाँ दिल्लीको पनि आफ्नै तयारी

सीमा क्षेत्रमा नयाँ भारतीय सेनाले पनि आफ्नो उपस्थिति सशक्त बनाएको छ । दुई देशलाई छुट्ट्याउने लाईन अफ कन्ट्रोलमा भारतीय पक्षबाट पछिल्लो समयमा सडक र पूर्वाधार निर्माण गरिएका छन् ।

भारतले केही महिनाअघि मात्र एमआईजी–२९युपीजी र एसयु–३० एमकेआई लडाकू जेट परिचालन गरेको थियो । भारतीय सेनाले उचाइमा उड्ने अत्याधुनिक ड्रोन किन्ने तयारी गरिरहेको छ ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : २६ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान