कोभिड खोपको प्रमाणपत्रलाई मान्यता दिन नेपाल र भारत सहमत | Khabarhub Khabarhub

कोभिड खोपको प्रमाणपत्रलाई मान्यता दिन नेपाल र भारत सहमत


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड खोप प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने नेपाल र भारतबीच समझदारी भएको छ ।

मंगलबार आयोजित एक समारोहमा भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक समारोहमा  स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीले पूर्ण रुपमा कोभिड१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज हुने ठानिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ४० बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।