नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित « Khabarhub

नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ । मंगलबार दुबईमा भएको खेलमा भुटानलाई आठ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो । नेपालको जितमा इन्दु बर्माले अविजित सर्वाधिक १८ रन बनाइन् । २४ बल सामना गर्दा बर्माले कुनै बाउण्ड्री प्रहार गरिनन् ।

सीता राना मगरले १७ रन बनाइन् । सिताले १३ बल खेल्दा दुई चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रनको योगदान गरिन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । भुटानका लागि गावाङ चोदेनले सर्वाधिक १३ रन बनाइन् । ३१ बल खेलेकी उनले एक चौका प्रहार गरेकी थिइन् ।

यस्तै सोनम पाल्दोमले ११ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंक बनाउँन सकेनन् ।

टस हारेर बलिङ गरेको नेपालको लागि सीता राना मगरले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी सीताले १० रन खर्चिन् । करुना भण्डारीले एक विकेट लिइन् ।

यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ०४ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय