युभेन्ट्सको पोष्टमा चार गोल गर्दै शीर्ष स्थानमा उक्लियो चेल्सी | Khabarhub Khabarhub

युभेन्ट्सको पोष्टमा चार गोल गर्दै शीर्ष स्थानमा उक्लियो चेल्सी


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटाली सिरी ए को महारथी क्लब युभेन्ट्सलाई ४ गोल गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको समूह ‘एच’ मा शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सीले युभेन्ट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको सहज जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले १/१ गोल गरे ।

लियोनार्दाे बोनुचीको कप्तानीमा मैदान उत्रिएको युभेन्ट्सले पहिलो हाफमा १ गोल ब्यहोर्दा दोस्रो हाफमा ३ गोल ब्यहोरकेो थियो ।

समूह ‘एच’बाट दुबै टोली यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । जितपछि चेल्सी शीर्ष स्थानमा फर्कियो ।

समूह ‘एच’कै अर्काे खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेले ।

समूह ‘एच’मा ५ खेलबाट समान १२ अंक भएपनि हेट टु हेटका आधारमा चेल्सीले युभेन्ट्सलाई पछि पारेको छ । जेनिटको ४ अंक रहँदा माल्मोको १ अंक रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ०७ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन