चुनावपछि एमाले चोइटिन्छ, हामी बलियो हुन्छौं : माधव नेपाल | Khabarhub Khabarhub

चुनावपछि एमाले चोइटिन्छ, हामी बलियो हुन्छौं : माधव नेपाल


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् ।

बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे ।

‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ । राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकोटालाई जिताएका छौं’, उनले भने, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं ।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको भन्दै उनले भने, ‘म आफैं मधेसमा जन्मेको हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले दाबी गरे ।

सञ्चारकर्मीको एक प्रश्नमा उनले भने, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । छलफलपश्चात यो विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ ।’

पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ११ : ५० बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र