इमरान खानले भने : देश चलाउने पैसा छैन « Khabarhub

इमरान खानले भने : देश चलाउने पैसा छैन


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउने पैसा नभएको बताएका छन् । इस्लामावादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाकिस्तानको आर्थिक संकट बढेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री खानले देश सञ्चालन गर्न पैसा नभएकाले ऋण लिनुपरेको बताए । ऋणका कारण पाकिस्तानको आर्थिक विकासमा अवरोध भएकोसमेत उनको टिप्पणी छ । उनले भविष्यमा आवश्यक पर्ने वस्तु खरिदका लागि रकम अभाव भएको उनको भनाइ छ ।

प्रधानमन्त्री खानले पाकिस्तानमा कर संस्कृति नभएकाले पनि समस्या भएको बताएका छन् । उनले कर छलीका कारण देशको आन्तरिक आम्दानी नभएको भन्दै कर संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले उपनिवेश कालमा बाह्य राष्ट्रलाई कर नदिने बानी परेकाहरुले अहिले पनि कर नदिएको उनको भनाइ छ । उनले स्वतन्त्रापछि शासन गर्ने शासक वर्गले पनि कर संस्कृति विकास गर्न नसकेको बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : २५ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले