नेपाल-चीन सम्बन्ध नयाँ ढङ्गले अघि बढाउन चाहन्छौँ  : शिक्षामन्त्री पौडेल « Khabarhub

नेपाल-चीन सम्बन्ध नयाँ ढङ्गले अघि बढाउन चाहन्छौँ  : शिक्षामन्त्री पौडेल


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपाल र चीनबिचको सम्बन्धलाई आजको युगको चुनौतीसँग सहकार्य गर्दै अघि बढाउन चाहेको बताएका छन् ।

काठमाडौँको कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पान्डा बुक कर्नर हस्तान्तरण समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री पौडेलले परम्परादेखि कायम रहँदै आएको दुई देशको सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताएका हुन् ।

उनले नेपाल र चीनबीच शिक्षा क्षेत्रमा देखा परेका कतिपय समस्याहरूलाई संयुक्त रूपमा समाधान गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । त्यस क्रममा उनले नेपाललाई चीन सरकारले विभिन्न क्षेत्रमा गरेको सहयोग र समर्थनका लागि धन्यवाद पनि दिए ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीचको सांस्कृतिक आदान प्रदान भई रहेको भन्दै नेपाली विद्यार्थीहरुको शैक्षिक विकासको लागि चिनियाँ दूतावासले उच्च महत्त्व दिएको बताइनन् ।

२०७२ सालको महाभूकम्पले ध्वस्त भएका कतिपय विद्यालयहरूको पुन निर्माणमा चीन सरकारले सहयोग गरेको र अहिले विद्यार्थीहरू उत्साही भएर विद्यालय गएको देख्दा आफूलाई अत्यन्त खुसी लाग्ने गरेको राजदूत यान्छीले सुनाइन्।

राजदूत यान्छीले पान्डा बुक कर्नर चिनियाँ राजदूतावासबाट स्थापित नेपालका विद्यार्थीहरूको शैक्षिक विकासको लागि स्थापना भएको महत्त्वपूर्ण क्षेत्र बनेको पनि बताइन् ।

पान्डा बुक कर्नर देशका ५ विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : २४ बजे

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको