राप्रपा अध्यक्षमा लिङ्देन र महामन्त्रीमा धवलशमशेरको उम्मेदवारी | Khabarhub Khabarhub

राप्रपा अध्यक्षमा लिङ्देन र महामन्त्रीमा धवलशमशेरको उम्मेदवारी


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदै छ ।

उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘आज अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ’,राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’

अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो मानिन्छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।

पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् ।

राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १० : ५९ बजे

साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने

पोखरा– पोखरा पर्यटन परिषद्को आयोजनामा २०६१ साल यता गरिँदै आइएको

मुलुकको अर्थतन्त्र लयमा फर्कँदै छ : एमाले महासचिव पोखरेल

काठमाडौं– नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै

भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे

काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली

गण्डकी प्रदेशसभा सदस्य पौडेलको अभिव्यक्तिप्रति थापाको आपत्ति, विभेदकारी भनाइ हटाउन माग

पोखरा– गण्डकी प्रदेशसभाको चालु अधिवेशनमा आर्थिक वर्ष २०८२/२०८३ को मन्त्रालयगत छलफलका