द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न, सय १९ जना विद्यार्थीहरु दिक्षित | Khabarhub Khabarhub

द ब्रिटिस कलेजको सातौं दिक्षान्त समारोह सम्पन्न, सय १९ जना विद्यार्थीहरु दिक्षित


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन् ।

कोरोना महामारीका कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमा हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम स्थलमा कोरोना संक्रमण नियन्त्रणको मापदण्डलाई पालना गरिएको थियो । त्यस्तै, सीमित व्यक्तिहरुलाई मात्रै कार्यक्रम स्थलमा निम्तो गरिएको थियो । साथै कार्यक्रममा उपस्थित हुन नसक्नेहरुका लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो।

सम्पन्न दिक्षान्त समारोहलाई दुई भागमा विभाजन गरिएको थियो । बिजनेश विषयका विद्यार्थीहरुलाई बिहानको समयमा र आईटीका विद्यार्थीहरुलाई दिउँसोको समयमा दीक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ४ सय १९ जना विद्यार्थीहरु दिक्षित भएका हुन् ।

कोभिड–१९ का कारण उपस्थित हुन नसकेका कलेजको सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए ।

त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीई, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तब्य राख्दै दिक्षित विद्यार्थीहरुलाई बधाई दिएका थिए ।

कलेजका सल्लाहकार डा. अर्जुन कार्की लगायत भने व्यक्तिगत रूपमै उपस्थित भएका थिए ।

सोही कार्यक्रमको लागि कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेल बेलायतबाट नेपाल आएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हाँसिल गरेको भन्दै सबैलाई बधाई दिए । ‘कोरोनाभाइरसको महामारीमा पनि हाम्रो विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका छन्।

कलेजकै इतिहासमा सबैभन्दा धेरैले विद्यार्थीहरुले डिस्टिङ्सन ल्याएका छन्।’ कँडेलले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेशन काउन्सिलको पनि मान्यता पाएका हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुले अतिरिक्त सम्मान पनि पाएका छन्। मलाई गर्व छ हाम्रो कलेजबाट ग्राजुयट भएका विद्यार्थीहरु सफल हुनेछन्। तपाईहरुको उज्वल भविष्यको कामना पनि गर्दछु ।’

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ११ : ४४ बजे

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा

प्रधानमन्त्रीले भने- अहिलेको व्यवस्थाप्रतिको अपमान सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको