स्वीडेनको प्रधानमन्त्रीका लागि पुनः मतदान गरिने « Khabarhub

स्वीडेनको प्रधानमन्त्रीका लागि पुनः मतदान गरिने


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वीडेनका विधायकहरूले आगामी सोमबार ‘सोसल डेमोक्रेटिक पार्टी’का नेता म्याग्डालेना एन्डर्सनलाई नै प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने निर्णय लिन संसदमा मतदान गरिने भएको छ ।

यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्नका लागि हुने दोस्रो मतदान भएको संसदका प्रवक्ताले बिहीबार बताए ।

संसदले बुधबार देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा एन्डर्सनलाई निर्वाचित गरेको थियो तर उनको गठबन्धन सरकारका सहभागीले उनलाई साथ नदिने भएपछि प्रधानमन्त्री निर्वाचित भएको केही घण्टापछि उनले राजीनामा दिएकी थिइन् ।

चवन्न बर्षीया एन्डर्सनले सोसल डेमोक्रेटबाट मात्र बनेको अल्पसंख्यक सरकार गठन गर्ने सम्भावना देखिएको छ । उनलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी गठबन्धनको बहुमत सदस्यले उनीविरूद्ध मतदान गर्नुपर्ने प्राबधान स्वीडेनको कानूनमा रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ४९ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको