भुलेर पनि अनुहारमा नलगाउनुहोस् यी ७ कुरा, नत्र अनुहार बिग्रन्छ « Khabarhub

भुलेर पनि अनुहारमा नलगाउनुहोस् यी ७ कुरा, नत्र अनुहार बिग्रन्छ


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो अनुहार चम्किलो, राम्रो र गोरो होस् भन्ने सबैको चाहाना हुन्छ । अनुहार सुन्दर बनाउन मानिसक अनेक उपाय अपनाउँछ । तर अनुहार सुन्दर बनाउने नाममा यस्ता केही कुरा छन् जो अनुहारमा प्रयोग गर्नु हुँदैन ।

– तातो पानी

धेरै तातो पानीले मुख धुँदा अनुहारको छालामा भएको मोइस्चराइजर कम हुन्छ । जसले छालालाई सुख्खा बनाउँछ ।  त्यसैले अनुहार धुन तातोपानीको प्रयोग गर्नु हुँदैन ।

– भ्यास्लीन

भ्यासलिन अनुहारमा लगाउन उपयुक्त हुँदैन । यसले अनुहारका तेल र पसिना ग्रन्थीहरूलाई ब्लक गरी दिन्छ । जसले गर्दा डन्डिफोर वा चिल्लो छाला भएकाहरूमा नराम्रो असर गर्छ ।

– नरिवलको तेल

नरिवलको तेल अन्य तेलको तुलनामा बाक्लो हुन्छ । यसले अनुहारका तेल र पसिनाका ग्रन्थीहरुलाई ब्लक गरीदिन्छ । त्यसैले अनुहारमा डन्डिफोर र धेरै तेल आउने मानिसले नरिवलको तेल लगाउनु हुँदैन ।

– बडी लोसन वा मोइस्चराइजर

छालामा लगाउने बडी लोसन वा मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुँदैन । यसमा कडा किसिमको रसायनिक पदार्थ बढी हुने भएकोले अनुहारको पिएचमा गडबडी गर्दछ ।

– नुहाउने साबुन वा स्याम्पु

यसमा सल्फेट नामक पदार्थ हुन्छ जसले धेरै फिँज निकाल्छ । सल्फेटको पिएचको मात्रा धेरै हुने भएकाले नुहाउने साबुन र स्याम्पुको प्रयोग अनुहारमा गरे अनुहार सुख्खा हुने गर्छ ।

– डेओडेरेन्ट, पर्फ्युम र हेअर स्प्रे

धेरै पसिना आउने व्यक्तिले अनुहारमा डेओडेरेन्ट लगाउने गर्छन् । मेकअप सेभ गर्न हेअर स्प्रेको प्रयोग गर्ने गर्छन् । यस्ता वस्तुहरूमा अनुहारलाई हानी गर्ने रसायनहरू हुने गर्दछ ।

– टुथपेस्ट

डन्डिफोरका समस्या भएकाहरूले डन्डिफोर निको पार्न टुथपेस्ट प्रयोग गरेको पाइन्छ । तर टुथपेस्टले छालामा भएको मेलानिमको मात्रा बढाउने गर्दछ । मेलानिमको मात्रा बढी हुँदा अनुहारको छालामा कालो दाग बस्ने गर्छ । त्यसैले अनुहारमा टुथपेस्ट लगाउनु हुँदैन।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ०६ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट