ग्लोबल छनोटमा पुग्न नेपाललाई कठिन, आज युएईसँग भिड्दै « Khabarhub

ग्लोबल छनोटमा पुग्न नेपाललाई कठिन, आज युएईसँग भिड्दै


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११:१५ बजे दुई टोलीबीच खेल सुरु हुनेछ ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालले आजको खेलमा यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ।

यूएईको ८ अंक छ भने नेपाल र हङकङको समान ६–६ अंक छ। आजको खेलमा नेपालले जित निकाल्न सके नेपालको पनि समान ८ अंक हुनेछ।

६ टिम सहभागी प्रतियोगिताबाट एक टिमले ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । त्यसैले शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ।

छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ३० बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय