एक चोरको राष्ट्र प्रेम : प्रेरक प्रसङ्ग « Khabarhub

एक चोरको राष्ट्र प्रेम : प्रेरक प्रसङ्ग


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो घटना जापानको हो । एक पटक रातको समयमा एउटा चोर महाजनको घरमा चोरी गर्नको लागि छिर्‍यो । घर मालिक सुतेको देखेर चोरले बहुमूल्य सामानहरू एउटा सुटकेसमा जम्मा गर्न थाल्यो । यहाँसम्म कि सुटकेसमा खाली ठाउँ भेटेर उसले पुस्तक समेत छोडेन ।

तब अचानक मालिकको आँखा खुल्यो । अर्को कोठाबाट आइरहेको आवाजको कारण उनले सबै कुरा बुझे । अब के गर्ने भनेर उनले केही सोच्न सकिरहेका थिएनन् । टेलिफोन पनि चोरको कोठामा थियो ।

जब केही बुझ्न सकेनन् तब महाजनले पलङको छेउमा राखिएको ग्रामोफोनमा जापानको राष्ट्रिय गीत रेकर्ड बजाए । चोरले जब आफ्नो देशको राष्ट्रिय गीतको धुन सुन्यो तब ऊ सावधान भएर उभियो ।

महाजनले मौका पाएर डोरीले चोरको हात खुट्टा बाँधे र पुलिसलाई फोन गरे । यसरी पुलिस आएर चोरलाई गिरफ्तार गर्‍यो ।

पछि जब बयान दिनको लागि महाजनलाई अदालतमा बोलाइयो तब महाजनले चोरलाई चतुर्‍याइपूर्वक समाएको सबै कथा अदालतमा बयान दिए ।

चोरको राष्ट्र प्रेम देखेर अदालतमा उपस्थित जनसमूह दङ्ग भए ।

अदालतले फैसला सुनायो, यति ठुलो राष्ट्रभक्त । कसैको बाध्यता नबुझी उसलाई सजाय दिनु पनि अपराध हो । यसैले यसलाई इज्जतसाथ रिहा गरिन्छ ।

तर अदालतमा बसेका सबै दर्शक एक पटक छक्क परे जब अदालतले सेठलाई राष्ट्रिय गीतको अपमान गरेको अपराधमा दुई वर्षको कैद सजाय सुनाए, किनकि उनी राष्ट्रिय गान बजिरहेको बेलामा सावधान मुद्रामा नउभिएर चोरलाई बाँध्न लागिपरेका थिए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ८ : १५ बजे

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक