ब्लड प्रेसर नाप्दा हुनसक्छ यी गल्ती हुनुहोस् सावधान « Khabarhub

ब्लड प्रेसर नाप्दा हुनसक्छ यी गल्ती हुनुहोस् सावधान


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकांश मानिसमा रक्तचाप सम्बन्धी समस्या देखा पर्ने गरेको छ । अधिकांश मानिस उच्च रक्तचापको सिकार छन् भने केही न्यून मात्रामा न्यून रक्तचापका बिरामी पनि छन् । यस्तोमा आफूमा रक्तचापको स्तर कति छ भनेर जाँच्न नियमित यसको परीक्षण गर्ने गरिन्छ । तर रक्तचाप परीक्षणका बेला हुने केही असावधानीले सही रक्तचापको स्तर थाहा पाउन सकिँदैन । के हुन् ती असावधानीहरू ?

– रक्तचाप जाँच गर्दा बोल्नु हुँदैन ।

– हिँडडुल वा व्यायाम गर्ने बित्तिकै पनि रक्तचाप नाप्नु हुँदैन ।

– शरीर गलेको भए कम्तीमा पाँच मिनेट विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ ।

– रक्तचाप परीक्षण गर्दा हातलाई टेबलमाथि सपोर्ट दिएर राख्नुपर्छ ।

– रक्तचाप नाप्दा पहिलो पटक दुवै हातमा नाप्नुपर्छ ।

– प्रेसर बढी भएको हातमा पुनः जाँच लिनुपर्छ ।

– परीक्षण गर्ने कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।

– प्रेसर नाप्ने कम्तीमा ३० मिनेट अघिदेखि खाना, चिया, सुर्ती खाएको हुनु हुँदैन ।

– रक्तचाप जाँच गर्दा एउटा माथि अर्को खुट्टा खप्ट्याएर जाँच गर्नु हुँदैन ।

– रक्तचाप जाँच गर्दा लुगाको माथिबाट नाप्नु हुँदैन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ३४ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने