नेपाली र अमेरिकी सेनाको सँयुक्त सैन्य अभ्यास सम्पन्न | Khabarhub Khabarhub

नेपाली र अमेरिकी सेनाको सँयुक्त सैन्य अभ्यास सम्पन्न


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गते सुरु भएको सो ‘टिक–नेल–२२’ नाम दिइएको सैन्य अभ्यासको मंगलबार नेपाली सेनाका बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् ।

छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन गरिएको हो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट ४५ र अन्य निकायबाट ४ जना तथा अमेरिकी सेनाका १७ जना गरी ६६ जना सैनिकले काठमाडौँ, पोखरा र अन्नपुर्ण वेस क्याम्प क्षेत्रमा अभ्यास गरेका थिए ।

जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुमा अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५५ बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।