जिल्ला, उच्च र विशेष आदालत नियमावली संशोधन गर्न बारको माग « Khabarhub

जिल्ला, उच्च र विशेष आदालत नियमावली संशोधन गर्न बारको माग


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले जिल्ला, उच्च र विशेष अदालतको नियमावली तत्काल संशोधन गर्नुपर्ने माग गरेको छ । सोमवार बसेको बारको कार्यसमितिको बैठकले उक्त माग गरेको हो ।

सर्वोच्च अदालतले नै गत साउन १७ गते जिल्ला, उच्च र विषेश अदालतलाई पत्रचार गरी २०७८ मंसिर १ गतेबाट गोला प्रणालीमार्फत पेशी तोक्ने भनेको तर अहिले सो अनुरुप नगरी सर्वोच्च अदालतको नियमावली मात्रै संशोधन भएकाले अन्य अदालतको पनि नियमावली संशोधन हुनुपर्ने माग बारले राखेको छ ।

पूर्वप्रतिवद्धता कार्यान्वयन गर्न बारले फुलकोर्टलाई माग गरेको हो । जिल्ला, उच्च र विषेश अदालतको नियमावली संशोधन नभएसम्म जिल्ला, उच्च र विषेश अदालतमा दैनिक १ घण्टा धर्ना दिने बारले जनाएको छ ।

त्यस्तै सर्वोच्च अदालतमा बुधावारदेखि लागु हुने गोला प्रणालीमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सहभागी नगराउन पनि बारले माग गरेको छ । प्रधानन्यायाधीश जबराको इजलासमा नबस्न न्यायाधीशहरुलाई बारले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : १० बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट