अब हामी कहिल्यै फुट्दैनौं : कमल थापा « Khabarhub

अब हामी कहिल्यै फुट्दैनौं : कमल थापा


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गरेका छन् ।

आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उनले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताएका छन् ।

महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कति पटक एकता महाधिवेशन गर्नुहुन्छ ? भन्ने प्रश्न गरेको प्रसङ्ग सुनाउँदै अब कहिल्यै नफुट्ने प्रतिबद्धता जनाएका हुन् ।

भृकुटीमण्डपमा राप्रपाको आजदेखि महाधिवेशन सुरु भएको हो । २०७३ सालमा विभिन्न पार्टी मिलेपछिको राप्रपाको यो पहिलो महाधिवेशन हो ।

महाधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टी मन, वचन कर्मले एक भएको पनि बताए । यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उनले जनाए । उनले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गरे ।

सोही क्रममा उनले अब कहिल्यै पार्टी नफुट्ने नफुटाउने सन्देश पनि पुर्याउनु पर्ने बताए । यो महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशा दिने पनि उनले बताए ।

उनले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट चयन हुने पनि बताए । तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।

यस्तै कार्यक्रममा उनले राप्रपा पुरानो व्यवस्थामा जान नखोजको पनि बताए । तर राजादेखि विप्लवसम्म अट्ने मौलिक प्रजातन्त्रको पक्षमा रहेको पनि बताए । राप्रपा मध्यमार्गी विचारको पक्षधर भएको बताए ।

उनले राप्रपाले धार्मिक स्तन्त्रता, समानता स्वीकार गर्ने पनि बताए । तर, सनातन धर्मको रक्षा र हिन्दू राष्ट्रको व्यवस्थासँगै जान सकिने पनि बताए । उनले राप्रपा कुनै एउटा धर्मको विरोधी नभएको पनि बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : २५ बजे

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र