मेस्सीले गोल गर्दा पनि कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेन | Khabarhub Khabarhub

मेस्सीले गोल गर्दा पनि कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेन


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटतबल प्रतियोगितामा फाइनलमा बार्सिलोना पराजित भएको छ ।

स्पेनको दोस्रो लिग जित्ने लक्ष्यमा रहेको बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले एक गोल गर्दा पनि टोली भ्यालेन्सियासँग पराजित भएको हो ।

फाइनलमा बार्सिलोना भ्यालेन्सियासँग २–१ गोल अन्तरले पराजित भएपछि सिजनको दोस्रो उपधि उचाल्न लक्ष्य तुहिएको हो ।

बार्सिलोनाविरुद्ध भ्यालेन्सियाका गामिनिरयोले २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३३ औं मिनेटमा रोद्रिगोले अर्को गोल थपेपछि पहिलो हाफमै भ्यालेन्सिया २–० गोलले अघि रहेको थियो ।

तर, खेलको ७३ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनाका लागि गोल फर्काए। खेल २–१ अवस्थामा रहेपनि बार्सिलोनाले गोल थप्न नसक्दा पराजित हुनु परेको हो ।

यो सिजन ला लिगाको उपाधि उचालेको बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएको थियो।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : ४२ बजे

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँ

दैलेख– जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ