सिरानीमा मोबाइल राखेर सुत्नेहरू सावधान ! « Khabarhub

सिरानीमा मोबाइल राखेर सुत्नेहरू सावधान !


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको समयमा मोबाइल फोन मानिसको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । हरेक मानिसको जीवनको सबैभन्दा नजिकको साथी नै मोबाइल बनिसकेको छ भन्दा फरक पर्दैन । किनभने बिहान उठेदेखि बेलुका नसुतेसम्म मानिस मोबाइल नै चलाइरहन्छन् ।

मोबाइल प्रयोग गर्दा सूचना र प्रविधिका लाभ त पाइन्छ तर कतिपय अवस्थामा यसका कैयौँ बेफाइदा पनि छन् । अत्यधिक रूपमा मोबाइलको प्रयोग गर्दा यसले विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मोबाइलबाट निस्कने विकिरणले मानिसमा स्वास्थ्यदेखि प्रजननसम्म असर पार्दछ ।

धेरै मानिसको मोबाइल फोनलाई रातिसँगै राखेर वा सिरानीमा राखेर सुत्न बानी हुन्छ । तर यो बानी स्वास्थ्यकालागि भने हानिकारक हुन सक्छ । मोबाइलको ब्याट्रीबाट सयभन्दा बढी विषालु ग्याँस निस्कने केही अनुसन्धानले देखाएको छ । यस्तोमा लिथिएम आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगी समेत बनाउने अध्ययनकर्ताले बताएका छन् ।

इन्स्टिच्युड अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनका अनुसार संसारभरिका मानिसले अहिले लिथियम आयन ब्याट्रीको प्रयोग गरिरहेका छन् । स्मार्टफोन आवश्यकताभन्दा बढी तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा धेरैलाई थाहा छैन । यस्तोमा राती सुत्दा चार्ज गर्ने वा सँगै सिरानीमा राखेर सुत्न नहुने जी सनको तर्क छ ।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : १७ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु