वायु प्रदुषणका कारण दिल्लीका सबै विद्यालय आजदेखि बन्द « Khabarhub

वायु प्रदुषणका कारण दिल्लीका सबै विद्यालय आजदेखि बन्द


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको दिल्लीमा आजदेखि सवै विद्यालयहरु बन्द भएका छन् ।

शुक्रबारदेखि सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको दिल्लीका वातावरण मन्त्री गोपाल रायले बिहीबार जानकारी दिएका हुन्।

‘अर्को सूचना जारी नभएसम्मका लागि शुक्रबारदेखि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री रायले भने।

उनकाअनुसार दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त नराम्रो र घातक रहेकाले अनिश्चितकालका लागि विद्यालय बन्द गर्नु परेको हो ।

विद्यालय खुल्लै राख्दा दिल्लीको वायु प्रदुषण झन झन बढ्दै गएको भन्दै सर्वोच्च अदालतले सरकारको ध्यानाकर्षण गरेको भोलिपल्ट सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

सरकारले कामदारहरूलाई पनि घरबाटै काम गर्न आग्रह गरेको छ । सवारी साधनमा हिडडुल गर्दा वायु प्रदुषण बढ्ने र बाहिर हिड्दा वायु प्रदुषणको असर बढी पर्ने भएकाले सवारी साधनमा हिड्नु वा पैदल हिड्नु दुवै घातक हुने विज्ञहरूको भनाइ छ ।

‘वायु प्रदुषण न्युनिकरणबाहेक दिल्लीको अहिलेको समस्या समाधान गर्ने अरु कुनै उपाय नै छैन, त्यसैले वायु प्रदुषण न्युन गर्ने उपायहरु अपनाउनु परेको हो,’ मन्त्री रायले भने।

दिल्ली सरकारले यसअघि गत नोभेम्बर २९ मा मात्रै दिल्लीका विद्यालयहरू पुनः सञ्चालनमा ल्याएको थियो ।

कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका दिल्लीका विद्यालयहरू अहिले फेरि वायु प्रदुषणका कारण बन्द गर्नु परेको छ ।

विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठन नराम्रोसँग विग्रिएको छ भने विद्यार्थीको भविष्य प्रति नै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ४९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना