भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने « Khabarhub

भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन हुने


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरका स्थानीय तहमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । चारवटा स्थानीय तह रहेको भक्तपुरमा पहिलो र दोस्रो चरण गरी दुई चरणमा नामावली संकलन हुनेछ ।

जिल्ला निर्वाचन कार्यालय कार्यालयका अनुसार पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाका केन्द्रहरुमा नामावली संकलन हुनेछ ।

सूर्यविनायक नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन हुनेछ । तर भक्तपुर नगरपालिकामा जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो चरणमा आजदेखि १५ दिनसम्म सञ्चालन हुने छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा वा मतदाता नामावली सार्नु परेमा जिल्ला निर्वाचन कार्यालयबाट गरिनेछ ।

मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकताको सक्कलसँगै छायाँप्रति र नागरिकतामा स्थाई ठेगाना अन्य जिल्लाको भएमा बसाई सराइ प्रमाणपत्र वा विवाह भई आएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ ।

भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता छन् ।

भक्तपुरमा ७७ मतदान स्थल र २१५ मतदान केन्द्र छन् । स्थानीय तहमध्ये भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुर थिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : २१ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले