सौतेलो छोराको विष खुवाई हत्या गरेर फरार महिला भारतबाट पक्राउ « Khabarhub

सौतेलो छोराको विष खुवाई हत्या गरेर फरार महिला भारतबाट पक्राउ


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–सौतेलो छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका २ घर भएकी कैलाली धनगढी उपमहानगरपालिका २ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन भएकोले डेरा कोठामा गई बुझी दिन भनी खबर गरेको थिए ।

उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएपछि खटिएको प्रहरीले हेर्दा मागीका सौताको छोरा धनगढी उपमहानगरपालिका २ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप प्रहरी टोली खटिई फरार रहेकी मागी रोकायाको खोजी भइरहेकोमा उनी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीको सहयोग र समन्वयमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमानबीच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : २५ बजे

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन