गाउँपालिकाले इन्जिनियर पढाउने | Khabarhub Khabarhub

गाउँपालिकाले इन्जिनियर पढाउने


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि रु आठ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ । विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कूलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना रहेको छ ।

गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानीमा इन्जिनियर बनेपछि गाउँपालिकामा बसेर सेवा पनि गर्लान् भन्ने सोच पनि गाउँपालिकाको रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : ०५ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ