नयाँ नेतृत्व चयन गर्न राप्रपाको मतदान सुरु « Khabarhub

नयाँ नेतृत्व चयन गर्न राप्रपाको मतदान सुरु


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा मतदान शुरु भएको छ ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए ।

महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने इभिएमबाट हुनेछ ।

नेतृत्वका लागि फरकफरक प्यानल बनाएर थापा र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । एक महिलासहित ४ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादव रहेका छन् । त्यसैगरी महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् ।

त्यसैगरी महामन्त्री खुलामा धवलशम्शेर राणा, भाष्कर भद्रा, भुवन पाठक, श्यामप्रसाद तिमल्सेना र महिला महामन्त्रीमा कुन्ती शाही र रेखा थापा उम्मेदवार रहेका छन् ।

आदिवासी जनजातितर्फ १४ पदका लागि ३० जना उम्मेदवारी परेको छ । मुस्लिम ३ पदाका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी महिला खुला ४७ पदका लागि ७२ जनाको उम्मेदवारी परेको छ । ११ मधेशी केन्द्रीय सदस्यमा २० जनाको उम्मेदवारी परेको छ । प्रवास २ सदस्यका लागि ४ जना, उत्पीडित ३ पदका लागि १० जनाको उम्मेदवारी परेको छ । कर्णाली तथा पिछडिएको क्षेत्रमा २ केन्द्रिय सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : ३२ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका