नयाँ नेतृत्व चयन गर्न राप्रपाको मतदान सुरु « Khabarhub

नयाँ नेतृत्व चयन गर्न राप्रपाको मतदान सुरु


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी महाधिवेशनमा मतदान शुरु भएको छ ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन अधिकृत राजु बस्नेतले बताए ।

महाधिवेशनमा अध्यक्षको चुनावमा काजगी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने इभिएमबाट हुनेछ ।

नेतृत्वका लागि फरकफरक प्यानल बनाएर थापा र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । एक महिलासहित ४ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादव रहेका छन् । त्यसैगरी महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् ।

त्यसैगरी महामन्त्री खुलामा धवलशम्शेर राणा, भाष्कर भद्रा, भुवन पाठक, श्यामप्रसाद तिमल्सेना र महिला महामन्त्रीमा कुन्ती शाही र रेखा थापा उम्मेदवार रहेका छन् ।

आदिवासी जनजातितर्फ १४ पदका लागि ३० जना उम्मेदवारी परेको छ । मुस्लिम ३ पदाका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी महिला खुला ४७ पदका लागि ७२ जनाको उम्मेदवारी परेको छ । ११ मधेशी केन्द्रीय सदस्यमा २० जनाको उम्मेदवारी परेको छ । प्रवास २ सदस्यका लागि ४ जना, उत्पीडित ३ पदका लागि १० जनाको उम्मेदवारी परेको छ । कर्णाली तथा पिछडिएको क्षेत्रमा २ केन्द्रिय सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : ३२ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी