दक्षिण अफ्रिकामा कोरोना संक्रमणदर चार गुणाले बढ्यो « Khabarhub

दक्षिण अफ्रिकामा कोरोना संक्रमणदर चार गुणाले बढ्यो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अफ्रिकामा मंगलबार यता चार गुणाले कोरोना संक्रमितको संख्या बढेको छ।

मंगलबार ४ हजार ३ सय ७३ जनामा कोरोना संक्रमण देखिएको थियो। शुक्रबार संक्रमित हुनेको संख्या बढेर १६ हजार ५५ पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्मका भेरियन्टमध्ये ओमिक्रोनलाई सबैभन्दा तीब्र गतिमा फैलिएको भाइरस भनेको छ। दक्षिण अफ्रिकी मुलुकहरुले संक्रमण फैलन नदिन आवश्यक तयारी गरेपनि संक्रमण दर चार गुणाले बढेको छ।

योसँगै कोरोना महामारी सुरु भए यता दक्षिण अफ्रिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३० लाख पुगेको छ। यो त्यहाँको स्वास्थ्य मन्त्रालयले सीएनएनलाई दिएको तथ्याङक हो।

ओमिक्रोनको संक्रमण भेटिएसँगै लक्षिण अफ्रिकाकाले चौथो लहरको सामना गरिरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोन सबैभन्दा पहिला नोभेम्बर पहिलो साता दक्षिण अफ्रिकामा देखिएको थियो।

अहिले विश्वका अधिकाशं मुलुकहरुमा नयाँ भेरियन्ट फैलिसकेको छ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १ : ०५ बजे

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार