काँग्रेस लुम्बिनीमा मतगणना : पौडेल समूहका उम्मेदवारको अग्रता « Khabarhub

काँग्रेस लुम्बिनीमा मतगणना : पौडेल समूहका उम्मेदवारको अग्रता


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेपाली काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ ।

राति १२ बजेदेखि सुरु भएको मतगणनामा अहिलेसम्म २०० मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुल्लातर्फ २०० र जिल्लातर्फ करिब २५० मत गणना भएको उनले जानकारी दिए ।

सभापति तथा पदाधिकारीको भने गणना भएको छैन । शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरु भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो । तर गणना भने ठाउँ सार्दा ढिला भएको हो । महेन्द्र सभागृहमा आइतबारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्नुपरेको निर्वाचन समिति संयोजक थापाले बताए । प्रदेश समितिको नेतृत्वका लागि संस्थापन समूहबाट साह र संस्थापन इतरबाट पुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ, राजु खनाल र सुधाकर पाण्डे प्रतिस्पर्धामा छन् । पाठक र श्रेष्ठ रामचन्द्र पौडेल समूहका हुन् भने खनाल र पाण्डे संस्थापन निकट हुन् ।

दुई जना महामन्त्रीका खिमानसिंह रायमाझी, जन्मजय तिमिल्सेना, ताराप्रसाद फुल्लेल, विक्रम खनाल र सुरेन्द्रराज आचार्य प्रतिस्पर्धामा छन् । जसमा खनाल र आचार्य पौडेल पक्षका हुन् भने बाँकी तीनजना संस्थापन समूहका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ४७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।