मलेसियाबाट ३६ जना फर्किए, २ जना जापान गए  « Khabarhub

मलेसियाबाट ३६ जना फर्किए, २ जना जापान गए 


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपालबाट मलेसिया ट्रान्जिट हुँदै जापान जाने क्रममा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र ३६ जना स्वदेश फर्किएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्किएको र अन्य २ जना दूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।

उनीहरु नेपालबाट मलेसिया हुँदै जापानको तर जापान सरकारको कोभिड सम्बन्धी नियमहरूको प्रक्रिया पुरा नगरेको भन्दै उनीहरुलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेपछि दूतावासले उद्धार गरेको हो ।

अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न गराउन सहयोग गर्ने निकाय नेपाल सरकारका, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली दूतावास र मलेसियास्थित जापानी दूतावासलाई नेपाली दूतावास मलेसियाले धन्यवाद व्यक्त गरेको छ ।

साथै,साथै मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सम्पूर्णलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरूको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइन +६०१६२४७२७७७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ३१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु