प्याज काट्दा किन आउँछ आँसु ? आँसु नआउन के गर्ने ? « Khabarhub

प्याज काट्दा किन आउँछ आँसु ? आँसु नआउन के गर्ने ?


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

प्याज काट्दा जो–कोहीको आँसु आउँछ । प्याज काट्दा आँसु आउनु स्वाभाविक हो । तर किन प्याज काट्दा आँसु आउँछ होला ? यसबारे तपाईंलाई थाहा छ ?

प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । सल्फर एसिड आँखामा पुग्दा पोल्छ र आँखामा आँसु आउँछ ।

प्याज काट्दा आँसु नआउन के गर्ने ?
– प्याजलाई काट्नु भन्दा केही समय अगाडि यसलाई फ्रिजमा राख्दा काट्दा आँसु आउँदैन ।

– प्याजलाई काट्नु भन्दा पहिले पानीमा भिजाउँदा पनि आँसु आउँदैन ।

– प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन ।

– प्याज काट्दा छेउछाउमा पङ्खा नचलाउने, काट्दा चस्मा लगाउँदा पनि आँसु आउँदैन ।

– प्याज काट्ने छेउछाउमा मैनबत्ती बाल्दा पनि आँसु आउँदैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ४१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु