प्याज काट्दा किन आउँछ आँसु ? आँसु नआउन के गर्ने ? « Khabarhub

प्याज काट्दा किन आउँछ आँसु ? आँसु नआउन के गर्ने ?


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्याज काट्दा जो–कोहीको आँसु आउँछ । प्याज काट्दा आँसु आउनु स्वाभाविक हो । तर किन प्याज काट्दा आँसु आउँछ होला ? यसबारे तपाईंलाई थाहा छ ?

प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । सल्फर एसिड आँखामा पुग्दा पोल्छ र आँखामा आँसु आउँछ ।

प्याज काट्दा आँसु नआउन के गर्ने ?
– प्याजलाई काट्नु भन्दा केही समय अगाडि यसलाई फ्रिजमा राख्दा काट्दा आँसु आउँदैन ।

– प्याजलाई काट्नु भन्दा पहिले पानीमा भिजाउँदा पनि आँसु आउँदैन ।

– प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन ।

– प्याज काट्दा छेउछाउमा पङ्खा नचलाउने, काट्दा चस्मा लगाउँदा पनि आँसु आउँदैन ।

– प्याज काट्ने छेउछाउमा मैनबत्ती बाल्दा पनि आँसु आउँदैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ४१ बजे

एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य

काठमाडौं- नेकपा एमाले छाडेका नेता भरतप्रसाद दुलाल कात्तिक १९ गते

गौरीगञ्ज इलाका प्रशासनका तत्कालीन प्रमुख आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुरुङ्गा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ?

काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका