धूम्रपानबारे भ्रम र वास्तविकता जान्नुहोस् « Khabarhub

धूम्रपानबारे भ्रम र वास्तविकता जान्नुहोस्


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैलाई थाहा छ धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तथापी धेरै मानिस धूम्रपान गर्छन् । विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) अनुसार संसारमा हरेक वर्ष करिव ६४ लाख मानिसको मृत्यु धूम्रपानका कारण हुने गरेको छ । तर पनि धूम्रपानमा कमी आउन सकेको छैन । अझै पनि मानिसमा धूम्रपानका विषयमा केही भ्रमहरू रहेका छन् । तर वास्तविकता भने फरक रहेको छ । के हुन् ती भ्रम र वास्तविकता ?

क) भ्रम : स्वास्थ्य खाना खाँदा धूम्रपानले असर गर्दैन वा असर कम हुन्छ ।

वास्तविकता – स्वास्थ्य खाना खाँदा धूम्रपानले असर गर्दैन वा असर कम हुन्छ भन्नु गलत हो । स्वस्थ खानपिनका बाबजुद पनि चुरोटले आफ्नो असर देखाउन छोड्दैन । धूम्रपानले फोक्सोसहित मुख र श्वास नलीमा असर गर्दछ । त्यसैले यो कुरा गलत हो ।

ख) भ्रम : इलेकट्रोनिक्स सिगरेटले हानी गर्दैन ।

वास्तविकता – अनुसन्धानले इलेकट्रोनिक्स सिगरेटमा पनि साधारण चुरोट जस्तै हानिकारक रसायन पाउने देखिएको छ। यसले क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । त्यसैले यो पनि एउटा भ्रम हो ।

ग) भ्रम : लाइट वा माइल्ड चुरोटले धेरै हानी गर्दैन ।

वास्तविकता – अनुसन्धान अनुसार लाइट चुरोट पिउने बेला प्रयोगकर्ताले अत्यधिक धुवाँ तान्ने गर्दछ जसका कारण लाइट चुरोटले पनि अन्य साधारण चुरोटले जस्तै हानी पुराउँछ । त्यसैले लाइट वा माइल्ड चुरोटले धेरै हानी गर्दैन भन्नु भ्रम हो ।

घ) भ्रम : चुरोटको मात्रा कम गरियो भने त्यसले नोक्सानी गर्दैन ।

वास्तविकता – दिनभरि चाहे एउटा मात्र चुरोट पिउने बानी होस् तर यसले पनि फोक्सोलाई हानी गर्दछ । त्यस कारण चुरोटलाई कम गर्ने होइन यसलाई छोड्दा नै राम्रो ।

ङ) भ्रम : चुरोटमा पाइने निकोटिन र टारले मात्र हानी गर्दछ ।

वास्तविकता – चुरोटमा निकोटिन र टार मात्र हुने कुरा गलत हो । यसमा एरोमेटिक हाईड्रोकार्बन जस्ता विभिन्न हानिकारक रसायन पाइन्छ । जसले क्यान्सरको समस्या पैदा गर्दछ । त्यसैले चुरोटमा पाइने निकोटिन र टारले मात्र हानी गर्छ भन्नु भ्रम हो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ४६ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य