प्रसूति व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरबाट उद्धार | Khabarhub Khabarhub

प्रसूति व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरबाट उद्धार


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका बिष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च वेहोर्ने गरी बिहीबार हेलिकोप्टरमार्फत उद्धार गरेर सुविधायुक्त अस्पताल लगिएको हो ।

प्रसूति व्यथा लागेपछि बुधबार राति स्वास्थ्यचौकी सावाकटहरेमा भर्ना भएकी विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट प्रसूतिगृह थापाथली पठाइएको हो । स्वास्थ्यमा जटिलता उत्पन्न भएकाले तत्काल सुविधासम्पन्न अस्पताल लैजानु पर्ने चिकित्कको सुझाबअनुसार जिल्ला अस्पतालको सिफारिसमा प्रशासन कार्यालयमार्फत हेलिकोप्टर झिकाएर उद्धार गरेको स्वास्थ्यचौकी सावाकटहरेका प्रमुख अहेव रामकुमार मग्रातीले बताए ।

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर व्यवस्था गर्न सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले प्रसव वेदनाले छट्पटाइरहेकी गर्भवतीको उद्धारमा हेलिकोप्टर पठाएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : २० बजे

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

प्रधानमन्त्रीद्वारा वृक्षारोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय वृक्षारोपण दिवसको

औद्योगिक क्षेत्र विस्तारमा कानुनी अड्चन प्रमुख बाधक : मन्त्री भण्डारी

धनगढी– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका

केही स्वार्थीहरूलाई मात्रै एमालेको महाधिवेशन लागेको हो : ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले