डमोक्रेसी समिटमा प्रधानमन्त्री देउवाको भर्चुल सम्बोधन, नेपालको लोकतान्त्रिक यात्राबारे चर्चा « Khabarhub

डमोक्रेसी समिटमा प्रधानमन्त्री देउवाको भर्चुल सम्बोधन, नेपालको लोकतान्त्रिक यात्राबारे चर्चा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको डेमोक्रेसी समिटलाई भर्चुअल सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक यात्राबारे चर्चा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाको सफलता वार्ताकै माध्यमबाट भएको भन्दै अन्तर्राष्ट्रिय समूदायलाई नेपालले उदाहरणीय सफता प्राप्त गरेको बताएका थिए । जननिर्वाचित संविधानसभाबाट संविधान बन्नु लोकतान्त्रिक यात्राको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको भन्दै देउवाले समावेशी लोकतन्त्रमा नेपालले विश्व समूदायको माझमा उदाहारण पेस गरेको बताए ।

महिला सशक्तीकरण, राज्यका रहेक निकायमा समावेशी संरचनालगायत नेपालको लोकतन्त्रका उपलब्धि भएको देउवाले चर्चा गरेका थिए ।

देउवाले समिटको प्लेनरी सेसनमा रेकर्डेड भिडियो सन्देशसमेत पठाएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १० : ५३ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को