ट्रम्पकी वरिष्ठ सल्लाहाकारमाथि दुर्व्यवहार « Khabarhub

ट्रम्पकी वरिष्ठ सल्लाहाकारमाथि दुर्व्यवहार


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन– ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेले आफ्नी छोरीकै सामुन्ने एक महिलाले आफूमाथि दुर्व्यवहार गरेको बताएकी छन्।

अमेरिकी सञ्चारमाध्यमहरूलाई उनले बताएअनुसार उक्त घटना वाशिंगटन डिसीको बाहिरी भागमा रहेको एक रेस्टुराँमा गत अक्टोबरमा भएको थियो।

कन्वेले भनिन्, ‘ती महिलाले उनलाई पछाडिबाट समातेर झक्झक्याउँदै बेस्सरी चिच्च्याएकी थिइन्।’

६३ वर्षीय मेरी एलिजाबेथ इनाबिनेटले भने त्यस्तो ‘हमला’ गरेको अस्वीकार गरेकी छन्। मार्च महिनामा उनी त्यससम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुँदैछिन्।

सीएनएनसँग कुरा गर्दै कन्वेले भनिन्, ‘ती महिला नियन्त्रणभन्दा बाहिर थिइन्। उनले गरेको व्यवहार म वर्णन गर्न पनि सक्दिन। उनको पूरै अनुहारमा मैले क्रोध र आतंक देखें।’

त्यसपछि आफूले आपतकालीन सेवा प्रदायकहरूलाई फोन गरेको तर प्रहरी आइपुगुञ्जेल ती महिला बेथेस्दामा रहेको सो मेक्सिकन रेस्टुराँबाट हिँडिसकेको कन्वेले बताइन्।

आफ्नी किशोरी छोरीले उक्त घटनाको केही अंश मोबाइलमा रेकर्ड समेत गरेको कन्वेको दाबी छ।

तर इनाबिनेटकी वकिलले एक विज्ञप्ति जारी गर्दै उनले कन्वेलाई हमला नगरेको बरु संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता उपभोग गरेको जनाएका छन्।

अदालतमा उनले आफू निर्दोष भएको जिकिर गर्ते ती वकिलले बताए।

ट्रम्पका अधिकारीहरूमाथि पहिले पनि त्यस्तै घटना भएका थिए।

जुन १९ मा होमल्याण्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुराँमा नै केही अभियानकर्मीहरूले हातपात गरे।

त्यतिखेर मेक्सिकोसँगको सिमानामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुट्ट्याइदिएको घटना उल्लेख गर्दै अभियानकर्मीहरूले उनलाई ‘ती बालबालिकाको रोदन सुन्न सक्छौ’ भन्दै कराएका थिए।

केही दिनपश्चात् ह्वाइट हाउसकी प्रेस अधिकारी स्यारा स्याण्डर्सलाई आप्रवासीकै विषयलाई लिएर एक रेस्टुराँबाट बाहिर जान केही मानिसले भनेका थिए।-बिबिसी

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : ४१ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका