गाउँपालिकाका जनप्रतिनिधिलाई ओमिक्रोनबारे जानकारी दिन प्रशिक्षण « Khabarhub

गाउँपालिकाका जनप्रतिनिधिलाई ओमिक्रोनबारे जानकारी दिन प्रशिक्षण


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले कोभिड १९ को नयाँ भेरियन्टबारे प्रशिक्षण लिएका छन् । नेपालमा समेत देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गरि जानकारीका लागि तालिम सञ्चालन गरिएको हो ।

गाउँमा बसेर नागरिकको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको सचेता, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको हो।

ग्रामीण स्वाबलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिको व्यवस्थापन , बगनासकाली गाउँपालिकाको समन्वय तथा माल्टेश्वर इन्टरनेशनल र जर्मन कोअपरेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले कोभिड(१९ को नयाँ भेरियन्टले पालिकामा पार्न सक्ने प्रभाव र हालको अवस्था तथा यसको जाखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कोभिडको नयाँ भेरियन्टको रोकथामको लागि बनेका योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दे बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले कोभिड(१९ महामारी न्यूनीकरण र कोभिड प्रभावितहरुलाई उचित कार्यक्रम बनाएर अगाडि बढेको बताए ।

कोरोनाको भेरियन्टको ओमिक्रोन भाइरस न्यूनिकरणका लागि पालिकामा स्वास्थ्य सर्तकता अपनाइएको उनको दाबी थियो । तालिममा बगनासकालि गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : १३ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले