गाउँपालिकाका जनप्रतिनिधिलाई ओमिक्रोनबारे जानकारी दिन प्रशिक्षण « Khabarhub

गाउँपालिकाका जनप्रतिनिधिलाई ओमिक्रोनबारे जानकारी दिन प्रशिक्षण


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले कोभिड १९ को नयाँ भेरियन्टबारे प्रशिक्षण लिएका छन् । नेपालमा समेत देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गरि जानकारीका लागि तालिम सञ्चालन गरिएको हो ।

गाउँमा बसेर नागरिकको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको सचेता, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको हो।

ग्रामीण स्वाबलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिको व्यवस्थापन , बगनासकाली गाउँपालिकाको समन्वय तथा माल्टेश्वर इन्टरनेशनल र जर्मन कोअपरेसनको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले कोभिड(१९ को नयाँ भेरियन्टले पालिकामा पार्न सक्ने प्रभाव र हालको अवस्था तथा यसको जाखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले कोभिडको नयाँ भेरियन्टको रोकथामको लागि बनेका योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दे बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले कोभिड(१९ महामारी न्यूनीकरण र कोभिड प्रभावितहरुलाई उचित कार्यक्रम बनाएर अगाडि बढेको बताए ।

कोरोनाको भेरियन्टको ओमिक्रोन भाइरस न्यूनिकरणका लागि पालिकामा स्वास्थ्य सर्तकता अपनाइएको उनको दाबी थियो । तालिममा बगनासकालि गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ९ : १३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन