विश्वकै सर्वाधिक धनी बेजोसले लगाए पत्रिकाले ‘ब्ल्याकमेल’ गरेको आरोप « Khabarhub

विश्वकै सर्वाधिक धनी बेजोसले लगाए पत्रिकाले ‘ब्ल्याकमेल’ गरेको आरोप


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिबिसी- विश्वकै सबैभन्दा धनी व्यापारी अमेजन डटकमका संस्थापक जेफ बेजोसले आफूमाथि एक म्याग्जिनले ‘ब्ल्याकमेल’ गरेको आरोप लगाएका छन्। नेसनल इन्क्वाएरर म्याग्जिन संचालकले आफ्ना गोप्य तस्बिर छाप्ने धम्की दिँदै ब्ल्याकमेल गरी जबर्जस्ती रकम असुल्न खोजेको आरोप लगाएका हुन्।

बेजोस र उनकी श्रीमती म्याकेन्जीले गत महिना आफूहरूले सम्बन्ध विच्छेद गर्न लागेको बताएका थिए। त्यसलगत्तै म्याग्जिनले बेजोसको विवाहभन्दा बाहिरका सम्बन्धबारे लेख प्रकाशित गरेको थियो।

पछिल्लो आरोपबारे बीबीसीले सोधेको प्रश्नमाथि नेसनल इन्क्वाएरर संस्थापक कम्पनी अमेरिकन मिडिया इन्कर्पोरेटेड (एएमआई) ले कुनै प्रतिक्रिया दिइसकेको छैन।

बेजोसले बिहीबार एक ब्लग प्रकाशित गर्दै एएमआईका वकीलले पठाएका भनिएका इमेल अनलाइन राखिदिएका छन्।

ती इमेलमा बेजोसले सम्बन्ध राखिरहेको भनिएकी एक महिला र उनको अन्तरङ्ग तस्बिर छापिदिने चेतावनी दिइएको उल्लेख गरिएको छ।

बेजोस विश्कै सबैभन्दा धनी व्यक्ति हुन्।

आफूहरूबीच आदानप्रदान भएका गोप्य फोटो नेसनल इन्क्वाएररले कसरी पायो भन्नेबारेको अनुसन्धान नरोकेमा ती तस्बिरहरू सार्वजनिक गरिदिने धम्की एएमआईले दिएको बेजोसले बताएका छन्।
-बीबीसी

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ०१ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन