अग्युरोले सन्यासको घोषणा गर्दै « Khabarhub

अग्युरोले सन्यासको घोषणा गर्दै


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गर्ने तयारी गरेका छन् ।

स्वास्थ्य समस्याको कारण अग्युरोले सन्यासको तयारी गरेको बीबीसीले जनाएको छ । अग्युरोले सम्भवत् भोली एक समारोहका बीच फुटबलबाट सन्यास लिने घोषणा गर्न सक्ने बताइएको छ ।

बार्सिलोनाका स्ट्राइकर अग्युरोले गत अक्टोबरबाट स्वास्थ्य समस्याका कारण खेलेका छैनन् । अग्युरोले आफनो खेल जिवनमा म्यानचेस्टर सिटीका लागि ३९० खेलमा २६० गोल गरेका छन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लागि २३४ खेलमा १०२ तथा अर्जेन्टिना प्रिमेरा लिगमा इन्डिपेन्डिन्टेका लागि ५६ खेलमा २३ गोल गरेका छन् ।

अर्जेन्टिनाका लागि १०१ खेलमा ४१ गोल गरेका छन् । उनले म्यानचेस्टर सिटीबाट पाँच पटक प्रिमियर लिग, ६ पटक इएफएल कप, तीनपटक कम्युनिटी शिल्ड र एकपटक एफएकप जितेका छन् भने एट्लेटिको म्याड्रिडबाट समान एकपटक युरोपा लिग र सुपर कप जितेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : ५४ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको