प्रचण्डकै साँठगाँठमा ज्ञानेन्द्रले माघ-१९ को कदम चालेका थिए : ओली « Khabarhub

प्रचण्डकै साँठगाँठमा ज्ञानेन्द्रले माघ-१९ को कदम चालेका थिए : ओली


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संघीन आरोप लगाएका छन् ।

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउँदै ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष दाहालको साँठगाँठमा माघ-१९ को कदम चालिएको आरोप लगाएका हुन् ।

‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो । कसका विरुद्ध सहमति भएको थियो । त्यसबारे उनीहरूले जानकारी गराउन पर्छ’, ओलीले भने ।

२०६१ साल माघ १९ मा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए ।

सोही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको कुनै अवरोध नै नझेलेको र अभिनन्दन कार्यक्रम नै चलाएको तर राजनीतिक दलहरू भने  रुकुम, रोल्पालगायतका जिल्ला जान नपाएको दाबी पनि गरे ।

नेपालमा अस्थिरताको संवाहक दाहालसँगै माधव नेपाल पनि भएको ओलीको आरोप छ । ‘अहिले नियन्त्रित अस्थिरता मच्चाउन तत्वहरु सक्रिय छन् । ती शक्तिमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबैभन्दा बढी अस्थिरताका संवाहक तत्वहरु यिनीहरु नै हुन्’, उनले भने ।

ओलीले आफूहरुको काम देश बनाउने भएकाले भीम रावलसहितका असन्तुष्ट नेताहरुलाई सानो मन नबनाउन र चित्त नदुखाउन पनि आग्रह गरे । ‘न्याय भइराख्या हुन्छ, मान्छेलाई न्याय भएन भन्ने लाग्न सक्छ,’ ओलीले भने, ‘चित्त छ, त्यसैकारण बुझ्दैन होला । चित्त भन्ने चिज न छाम्दा भेटिन्छ, न इन्डोस्कोपी गर्दा भेटिन्छ, फेरि चित्तले भाँडभैलो मच्चाउँछ ।’

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ५१ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए