सभापति देउवालाई गुटबन्दी नगर्न कोइराला समूहको सन्देश | Khabarhub Khabarhub

सभापति देउवालाई गुटबन्दी नगर्न कोइराला समूहको सन्देश


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका शेरबहादुर देउवालाई पार्टीमा गुटबन्दी नगर्न कोइराला समूहले सन्देश दिएको छ । देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले बुधबार महाधिवेशन प्रतिनिधिहरुलाई धन्यावाद दिन आयोजना गरेको कार्यक्रममा उनले पार्टी एकतामा जोड दिए ।

उनले सभापति देउवालाई ४ वर्षे कार्यकालका लागि शुभकामना दिए। पार्टीको विधानअनुसार सभापतिको कार्यकाल ४ वर्षकोमात्र भए पनि १३ औँ महाधिवेशपछि देउवा करिब ६ वर्षसम्म पदमा बसेका थिए । सोही प्रति संकेत गर्दै डा. कोइरालाले पहिलाको कार्यकालमा कांग्रेस विधिअनुसार चल्न नसकेको टिप्पणी गरे। उनले सभापतिको कार्यकाल ४ वर्षकोमात्र भएको भन्दै यो कार्यकालमा कांग्रेसम विकृति नआउने विश्वास व्यक्त गरे ।

उनले आफूहरुको विचार समूहले उठाएको कदम सफल भएको भन्दै त्यसका लागि निरन्तर लाग्ने बताए । उनले पार्टी एकतामा जोड दिँदै आगामी महाधिवेशनमा आफ्नो विचार समूहको जित हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्ने सबै नेताहरुको जोड पार्टी एकतामै थियो । महामन्त्रीका उम्मेदवार गगन थापाले आफूहरु नेतृत्व परिवर्तनका लागि अन्तिमसम्म लडेको भन्दै परिवर्तनकारी नेताहरु एक ठाउँमा उभिएको बताए । उनले १३औँ महाधिवेशनपछि देउवाले नांगोरुपमा गुटबन्दी गरेको भन्दै अब गुटबन्दी अन्त्य गर्न चेतावनी दिए । उनले पार्टीमा अब गुटबन्दी नचल्ने भन्दै पार्टीलाई आम निर्वाचनमा चिताउनुपर्ने लक्ष्य रहेको बताए ।

उनले ३१ प्रतिशतमा रहेको कांग्रेसलाई ५१ प्रतिशतमा पुर्याउनुपर्ने भन्दै त्यसमै केन्द्रित हुने बताए । थापाले प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति कटाक्ष गर्दै अघिल्लो रातसम्म नेतृत्व परिवर्तन भन्नेहरु कसरी पुरानै नेतृत्वसँग कुम जोड्न पुगे त्यसको जवाफ कार्यकर्ताले माग्ने बताए ।

त्यस्तै महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाल, उपसभापतिका उम्मेदवारहरु चन्द्र भण्डारी र धनराज गुरुङ, सहमहामन्त्रीका उम्मेदवार कमल पन्त, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसीले कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : २३ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो