साफ यू १९ महिला फुटबलमा श्रीलंकामाथि नेपालको जित | Khabarhub Khabarhub

साफ यू १९ महिला फुटबलमा श्रीलंकामाथि नेपालको जित


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालको जितमा रश्मीकुमारी घिसिङले दुई गोल गरिन् भने सविता रानामगर, मेनुकाकुमारी आलेमगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरे ।

यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा सिङ्गल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ ।

लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का रहेका छन् । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भुटानको सामना गर्नेछ । खेल आगामी पुस २ गते हुनेछ । रासस

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : ४९ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार