उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी « Khabarhub

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उत्तरी चीनको साङ्सी प्रान्तमा कोइला खानीमा फसेका २१ कामदारको उद्धार जारी छ ।

चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धारमा खानीतर्फ कुदिरहेको बताइएको छ । घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ ।

शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको  जनाइएको  छ । उद्धारकर्ताहरूले  थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निकाल्ने योजना बनाएका छन् ।

दुर्घटना सियाओई शहरको डुक्सिगो गाउँको कोइला खानीमा बुधबार राति करिब ११ बजे भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको कारण अवैध उत्खनन  रहेको बताइएको छ । न्यून तापक्रम र तीव्र हावाले खोजी र उद्धारलाई थप कठिन बनाएको बताइएको छ ।

घटनामा संलग्न सात जनालाई स्थानीय सार्वजनिक सुरक्षा विभागले नियन्त्रणमा लिएको छ भने फरार अन्यको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १२ : ४६ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान