आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित) « Khabarhub

आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताउनुहोस्, जनताको नेता बन्नुहोस् : नेपाल (भिडियोसहित)


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताएर जनताको नेता बन्न आह्वान गरेका छन् ।

राष्ट्रियसभाका सबै सिट जित्ने गरी गठबन्धनमा कसरत भइरहेको बताउँदै नेता नेपालले आगामी स्थानीय चुनावबाट एकीकृत समाजवादीलाई अब्बल बनाउन किसानहरू लाग्नु पर्ने बताए ।

उद्धार स्वंयम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम मा नेपालले भने,’तपाइँहरू किसान भए पनि ध्यान दिनूहोला अबको स्थानीय चुनावमा हामीलाई  जिताएर तपाइँहरू नै जनताको नेता बन्नुहोस्

वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ । देशभर ४६० गाउँपालिका छन्, २९३ नगरपालिका छन् । त्यसमा १५०६ जना प्रमुख/उपप्रमुख हुन्छन,’ नेपालले भने,’६ हजार ७४२ वडाबाट ३५ हजार ३१ जना प्रतिनिधि हुन्छन् त्यसमा जित्ने गरी हाम्रो तयारी छ । तपाइँहरूले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।

नेता नेपालले नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन वर्तमान सरकार र नेकपा एकीकृत समाजवादीले प्रोत्साहित गरिरहेको पनि बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ०० बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा